Rule 24
दोहोरो नाम हटाउनु पर्ने
(१) नियम २३ को उपनियम (१) बमोजिम जानकारी प्राप्त भएमा सहायक नामदर्ता अधिकारी वा प्रमुख नाम दर्ता अधिकारीले सो सम्बन्धमा जाँचबुझ गर्नेछ ।
(२) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा मतदाता नामावलीबाट दोहोरो नाम हटाउनु पर्ने देखिएमा सम्बन्धित मतदातालाई कार्यक्रममा उल्लिखित समयावधि भित्र आफ्नो भनाई राख्न आउनु भनी सहायक नाम दर्ता अधिकारी वा प्रमुख नाम दर्ता अधिकारीले आफ्नो कार्यालयमा अनुसूची–११ बमोजिमको ढाँचामा सूचना प्रकाशन गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्रकाशित सूचना बमोजिम सम्बन्धित मतदाताले भनाइ पेश नगरेमा वा निजले पेश गरेकोे भनाइ चित्त बुझ्दो नभएमा सहायक नाम दर्ता अधिकारी वा प्रमुख नाम दर्ता अधिकारीले उपलब्ध भए सम्मको प्रमाणको आधारमा सम्बन्धित मतदाताको नाम हटाउनु पर्ने देखेमा कारण र आधार खुलाई ऐनको दफा १९ को उपदफा (१) बमोजिम त्यस्तो दोहोरो नाम हटाउने निर्णय अनुसूची–७ को ढाँचामा गर्नु पर्नेछ ।
(४) सहायक नाम दर्ता अधिकारीले उपनियम (३) बमोजिम दोहोरो नाम हटाउने निर्णय गर्दा सम्बन्धित मतदाताको एक भन्दा बढी स्थानको मतदाता नामावलीमा वा एकै स्थानको मतदाता नामावलीमा उल्लिखित नाम थर दोहोरिएको वा नदोहोरिएको कुरा निजको नाम थर, आमा वा बाबुको
नाम थर, नागरिकताको प्रमाणपत्र र मतदाता नामावलीमा रहेको फोटोको अनुहार यकिन गरी गर्नु पर्नेछ । (५) प्रमुख नाम दर्ता अधिकारीले नियम २३ को उपनियम (३) बमोजिम आयोगको आदेश बमोजिम ऐन र यस नियमावली बमोजिम दोहोरो नाम हटाउने निर्णय गर्दा सम्बन्धित मतदाताको मतदाता नामावलीमा रहेको फोटोको अनुहार र आयोगको तथ्याङ्क भण्डारमा रहेको औँला छाप समेत यकिन गरी गर्नु पर्नेछ ।
(६) सहायक नाम दर्ता अधिकारी वा प्रमुख नाम दर्ता अधिकारीले यस नियमावली बमोजिम दोहोरो नाम हटाउँदा सम्बन्धित मतदाता वा निजको परिवारले दोहोरो नाम हटाउन दिएको दरखास्तमा हाल कायम राख्नुपर्ने कुनै ठेगाना उल्लेख गरेकोमा सोही ठेगानामा र त्यस्तो ठेगाना उल्लेख नगरेकोमा पछिल्लो पटक निजको नाम जुन ठेगानाको मतदाता नामावलीमा दर्ता भएको छ सोही ठेगानालाई निजको स्थायी बसोबास भएको ठेगाना मानी निजको नाम तथा विवरण सो ठेगानामा मात्र कायम राखी अन्य
स्थानको मतदाता नामावलीबाट हटाउनु पर्नेछ ।
(७) उपनियम (३) बमोजिम दोहोरो नाम हटाएपछि सहायक नाम दर्ता अधिकारी वा प्रमुख नाम दर्ता अधिकारीले सोको सूचना अनुसूची–१० बमोजिमको ढाँचामा आफ्नो कार्यालयमा टाँस गर्नु पर्नेछ ।
(८) आयोगले उपनियम (५) बमोजिम हटाइएको नामको जिल्लागत विवरण तयार गरी आफ्नो वेवसाइटमा राखी सोको सूचना राष्ट्रियस्तरको समाचार पत्रमा प्रकाशन गर्नु पर्नेछ र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयलाई त्यस्तो विवरण आफ्नो कार्यालयमा प्रकाशन गर्न लगाउनु पर्नेछ ।
(९) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा १९ को उपदफा (२) बमोजिम सहायक नाम दर्ता अधिकारी वा प्रमुख नाम दर्ता अधिकारी स्वयंले कुनै मतदाताको नाम दोहोरो परेको जानकारी प्राप्त गरेमा वा थाहा पाएमा गाउँ विकास समिति वा नगरपालिका भित्र दोहोरो परेकोमा सम्बन्धित सहायक नाम दर्ता अधिकारीले र जिल्ला भित्रका कुनै गाउँ विकास समिति वा नगरपालिकामा दोहोरो परेकोमा सम्बन्धित प्रमुख नाम दर्ता अधिकारीले त्यस्तो मतदाताको स्थायी बसोबास भएको गाउँ
विकास समिति वा नगरपालिकाको वडाको बाहेक अन्य गाउँ विकास समिति वा नगरपालिकाको वडाको मतदाता नामावलीबाट त्यस्तो मतदाताको नाम हटाउनु पर्नेछ । त्यसरी नाम हटाईएकोमा सम्बन्धित मतदाताको जानकारीको लागि आफ्नो कार्यालयमा अनुसूची–१० को ढाँचामा सूचना टाँस गर्नु पर्नेछ ।
(१०) उपनियम (२), (७), (८) वा (९) बमोजिम प्रकाशन वा टाँस भएको सूचनाको मुचुल्का अनुसूची–४ बमोजिमको ढाँचामा तयार गर्नु पर्नेछ ।